बालक मृत्यु प्रकरण : ३५ दिनभित्रै राहत दिलाइने वडाध्यक्षको भनाई

दुई छोरा गुमाएकी कमला थामी (पहेलो पहिरन) ।

भद्रपुर, ३१ साउन । भद्रपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष भीमबहादुर सुब्बाले कमलधाप सिमसारमा डुबेर ज्यान गुमाएका बालकहरुको परिवारलाई ३५ दिनभित्रमा राहत उपलब्ध गराइने बताएका छन् ।

गत साउन ७ गते भद्रपुर–२ स्थित कमलधाप सिमसार तथा पर्यटकीय क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर एउटै घटनामा स्थानीय १४ बर्षीय करण थामी, ११ बर्षीय अर्जुन थामी र १० वर्षीय अङ्कुश तामाङको मृत्यु भएको थियो ।

मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत र रोजगार प्रदान गर्ने सरोकारवाला पक्षबीच भएको लिखित सहमति कार्यान्वयन भएको छैन ।

सहमतिमा ३५ दिनभित्र उपलब्ध गराइने भनिएको हुँदा सोही अवधिभित्र मृतकका परिवारलाई राहत दिलाउन वडा कार्यालय लागिरहेको वडाध्यक्ष सुब्बा बताउँछन् ।

पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको भोलिपल्ट भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठसहित कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग मृतकका परिवारको पाँच बुँदे लिखित सहमति भएको थियो ।

अध्यक्ष सुब्बाले निर्माण कम्पनीसहितको बैठक बसिरहेको बताए । उनले केही कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेको बताउँदै सहमतिलाई अक्षरस पालना गरिने बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले पनि पोखरीमा डुबेर मृत्यु भएका परिवारलाई एक लाखका दरले राहत सहयोग गर्दै आएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: