कोरोना कालमा ‘खै के खै के’

‘खै के खै के’को मुख्य भूमिकामा रहेका चर्चित गायक श्रीकृष्ण लुईटेल ।

झापा, ३२ साउन । मान्छेलाई मुख र नाक छोप्नेगरी मास्क लगाउन कोरोना महामारीले बाध्य बनाइदियो । तर गाईभैंसी र बाख्रालाई मुखारी लगाउने चलन भने हाम्रा पुर्खाले सयौं वर्ष अघिदेखि चलाएका थिए ।

बाली नखाओस् भनेर मुखारी लगाउने यही रोचक पटकथालाई दृश्यमा देखाउँदै ‘खै के खै के’ नामको टेलिफिल्म अहिले झापामा निर्माण भइरहेको छ ।

‘कोरोनाले उदास बनाएर घरभित्रै मानिसलाई बन्दी बनाइरहेका बेला केही हाँसो, केही ठट्टा, केही व्यङ्ग्य र केही सकारात्मक सन्देश बोकेको सानो पर्दाको सिनेमा बनाउँ कि भनेर लागेका छौं,’ निर्देशक तथा लेखक कृष्ण अनमोल ‘खै के खै के’को बारेमा लोकतन्त्र पोस्टसँग भन्छन्–‘हाम्रै गाउँघरमा भइरहेका समसामयिक घटना र कोरोनालाई यसले विषयवस्तु बनाएको छ ।’

भद्रपुर–९ निवासी अनमोल लामो समयदेखि सिनेमा, नाटक र भिडियो गीतको निर्देशनमा अनुभवी मानिन्छन् ।

निर्देशक अनमोलका अनुसार ‘खै के खै के’मा प्रसिद्ध गायक श्रीकृष्ण लुइँटेल, प्रसिद्ध अभिनेता सुभाष मेचे, विपीन प्रसाई, विमला चिमरिया, भुपाल परियार, मध् न्यौपानेलगायतको अभिनय रहेको छ ।

मेचीनगर र भद्रपुरका विभिन्न स्पटमा सुटिङ कार्य भइरहेको यस टेलिफिल्मको अरु सुटिङ झापा र इलामका नै हुनेछन् ।

एक महिनाभित्रमा पाँच वटा श्रृङ्खलाको सुटिङ सकिए पछि स्टुडियो पुग्नेछ ‘खै के खै के’ । त्यसपछि झापाको हिमशिखर टेलिभिजनबाट यसको नियमित प्रशारण हुने अनमोलले बताए ।

निर्माता जेके जगत र सरु जेके ।

उनले एक वर्षभरि प्रशारण गर्न सकिनेगरी टेलिफिल्म निर्माणका लागि निर्माता जेके जगत र सरु जेकेसँग सम्झौता गरेका छन् । हाल अमेरिकामा रहेका निर्माताहरुले यसको लगानीको सम्पूर्ण भार व्यहोर्ने भएका छन् ।

राम्रो कथावस्तु, चर्चित कलाकारहरु र उत्कृष्ट निर्देशनका कारण ‘खै के खै के’ आम नेपाली दर्शकका सामू एउटा उत्कृष्ट उपहार अवश्य बन्ने छ ।
यसमा सङ्गीत अशोक थापा, स्वर श्रीकृष्ण लुइँटेल, श्रृङ्गार कृष्ण सुबेदी र क्यामेरा ज्ञानेन्द्र कोइरालाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: