काँचुली फेरिरहेको काँकरभिट्टा (फोटो फिचर)

मेचीनगर, २ भदौ । पचास वर्ष अघि काँकरभिट्टा आएर बस्नेहरु भन्छन् –यो ठाउँ जङ्गल जस्तै थियो । बाघभालु पनि लाग्थे । पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग बनेपछि झुप्राझुप्री बढ्न थाले सडकको छेउमा एक दुई गर्दै दोकान थपिन थाले । विस्तारै बस्ती विस्तार भयो ।

।। देबेन्द्र खरेल ।।

तर आज सहरले काँचुली फेरिसकेको छ । लगभग आधा शताब्दीदेखि वारिपारि गराउँदै आएको मेची पुल अब पुरानो भएको छ । त्यसकै ठिक मास्तिर आधुनिक र फराकिलो एसियन हाइवेले नयाँ पुल निर्माण गरेको छ ।

एसियाका सबै देशलाई जोड्ने भनिएको एसियन हाइवेको नमुना भारतको पानीटङ्की हुँदै निर्माणको अन्तिम चरणमा पुगिसकेको मेची पुलबाट नेपाल प्रवेश गरिसकेको छ । हेरिरहुँ जस्तो शानदार र भब्य स्वरुपमा भित्रिएको यो हाइवे र नयाँ मेची पुललाई कोभिड –१९ को महामारीले गर्दा आम मानिसले हेर्न पाएका छैनन् ।

चैत ११ गते लकडाउन सुरु हुँदा भारतमा समेत लकडाउनको अभ्यास भइसकेको थियो । नाका सिल भएकाले सीमामा आउजाउ बन्द भयो । लकडाउनले आवतजावत ठप्प हुँदा हाइवे र पुल निर्माणमा भने सहज भयो । रातोदिन कामदार खटिए । ठूला–ठूला उपकरण भारततिरबाट आएर काम गरे । यातायातका साधन बन्द हुँदा निर्माणमा कतैबाट अवरोध पुगेन ।

लकडाउन सुरु हुँदा पुलका पिल्लर मात्र ठडिएको देखिन्थ्यो । अहिले पुल लगभग निर्माण भइसकेको छ । फराकिलो पुल पर्यटकीय गन्तब्य बन्ने निश्चित छ । सङ्केत चिह्न र नेपाल–भारतका सहरहरुको दूरी जनाउने भब्य आकाशे साइनबोर्ड राख्ने क्रम जारी देखिन्छ । काँकरभिट्टाको बसपार्क नाघेर एसियन हाइवे सतिघट्टा रोडसम्म आइपुगेको छ ।

हेर्नुहोस् फोटो जर्नालिस्ट देबेन्द्र खरेलले खिच्नु भएको ताजा फोटोहरु ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: