राष्ट्रिय सम्मानसहित राष्ट्रकविको अन्त्येष्टि

झापा, ३ भदौ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानसहित पशुपति आर्यघाटमा बुधवार दाहसंस्कार गरिएको छ ।

मङ्गलवार साँझ ५ बजेर ५५ मिनेट जाँदा राष्ट्रकवि घिमिरेको निजी निवासमा १०१ वर्षको उमेरमा निधन भएको थियो ।

आर्यघाटमा राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको अलग अलग टुकडीले सलामीगारद अर्पण गरेको राष्ट्रकविका नातिनी ज्वाई रविन्द्र शर्माले जानकारी दिए ।

दुई छोराले आर्यघाटमा दागबत्ती दिएका थिए । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु मलामी आएका थिए ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको जन्म लमजुङको पुस्तुन गाउँमा वि.सं. १९७६ असोज ७ गते भएको थियो । जेठी पत्नी गौरीको निधनपछि उनले रचना गरेको गौरी शोककाब्य उनको उत्कृष्टमध्येको कृति हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: