बाणिज्य संघद्वारा ४ जना व्यवसायीलाई राहत, कर्मचारीलाई उपदान

मेचीनगर । मेची उद्योग बाणिज्य संघले आगलागी पीडित चार जना व्यवसायीलाई राहत वितरण गरेको छ ।

मङ्गलबार धुलाबारी स्थित संघको सभाहलमा आगलागी पीडित मेचीनगर–१० को हरि ईम्पेक्सका सञ्चालक सिताराम पोद्दारलाई ५० हजार, माँ पाथिभरा काष्ठ उद्योगका सञ्चालक चन्द्रकुमारी खड्कालाई ५० हजार रुपेयाँ नगद सहयोग गरिएको छ ।

त्यस्तै, जमुना मेडिकलका सञ्चालक उमानाथ सुवेदीलाई ७० हजार र दिलसान कपडा पसलका सञ्चालक अमरुल मियाँलाई ३० हजार रुपैयाँ नगद सहयोग गरिएको हो ।
पोद्दार र खड्काको २०७५ सालमा तथा सुवेदी र मियाँको २०७६ सालमा पसल आगलागी भएको थियो ।

त्यसैगरी संघमा १७ वर्षदेखि कार्यालय सहायकको रुपमा कार्यरत कर्मचारी भुमिलाल धिमाललाई स्वेच्छिक अवकास दिइएको छ । उनलाई संघले सञ्चय कोष, उपदान लगायतको गरी ७ लाख ६८ हजार ४ सय ६९ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् संघका पूर्व अध्यक्ष केशवराज पाण्डे, संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले लकडाउनका कारण समस्यामा परेका निजी क्षेत्रका उद्योगी व्यवसायीको हितमा सरकारले चासो नदिएको बताएका थिए ।

व्यवसायीहरुको हितका लागि २०६९ सालमा स्थापित राहत कोषमा हाल १५ लाख रुपैयाँ जम्मा रहेको जनाएको छ । उक्त व्याजको ८० प्रतिशत रकमबाट व्यवसायी सदस्यहरुलाई राहत दिइने छ भने २० प्रतिशत रकम कोषमा जम्मा गरिने संघले जनाएको छ ।

आगलागी पीडित व्यवसायीहरु र अवकास प्राप्त कर्मचारीलाई प्रमुख अतिथि तथा अतिथिहरुले चेक हस्तान्तरण गरिएको थियो ।

संघका अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय व्यवसायिक दैविप्रकोप राहत कोष संकलन निर्देशिका समिति रहेको छ । जसमा मेचीनगरपालिका, वडाअध्यक्ष, प्रहरीसमेत पदेन सदस्य रहने व्यवस्था छ ।

व्यवसाय राहत वितरण कार्यक्रमको सभापतित्व संघका अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए । वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव ध्रुव कनालले गरेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: