व्यवसायी कार्की सम्मानित

बिर्तामोड, भदौ ११ । सामाजिक व्यक्तित्व तथा व्यवसायी बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो ।

सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थाको पाँचौँ साधारणसभामा कार्कीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी तथा संस्थाका अध्यक्ष तुलसीराम खरेलले सम्मानपत्र प्रदान गरेका थिए ।

संस्थाका उपाध्यक्ष भक्त कार्कीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य, झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा दर्जनौँ संघसंस्था आवद्ध कार्की सामाजिक सेवामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: