पाँचतारे होटल ‘मेची क्राउन’को सुटुक्क घरपैँचो

मेचीनगर, १५ भदौ । मेचीनगरको निन्दा किनारमा निर्माण भएको पूर्वाञ्चल कै पहिलो पाँचतारे ‘होटेल मेची क्राउन’को सोमवार सुटुक्क घरपैँचो गरिएको छ ।

होटलको व्यवस्थापन गरिरहेको ‘द पिक हस्पिटालिटी’का अध्यक्ष दीपक लेखकले होटलको गृहप्रवेश भएको जानकारी दिएका छन् ।

मेचीनगर ८ जोरसिमलमा रहेको भब्य होटल मेची क्राउनमा क्यासिनो समेत सञ्चालन हुनेछ ।

दीपक लेखक, यादव पाण्डे, विशान शाह र विवेक विष्ट साझेदार रहेको भनिएको ‘द पिक हस्पिटालिटी’ले काठमाडौंको एयरपोर्ट होटेल, भैरहवाको बोधी रेडिसन होटेल र काठमाडौंको आनन्द पशुपति होटेलको व्यवस्थापन गरिरहेको जनाएको छ ।

सनै २०२० को नेपाल भ्रमण वर्षमा पर्यटकलाई आतिथ्यता प्रदान गर्ने लक्ष्यसाथ सन् २०१६ बाट होटेल मेची क्राउनको निर्माण सुरु भएको हो ।

होटल निर्माण सकिएर उद्घाटनको तयारीमा पुग्ने बेलामा कोरोना भाइरसको महामारी सुरु भयो ।

होटेलमा कुल एक अर्ब ५० करोड लगानी भएको दावी गरिएको छ । होटलमा १ सय ५ कोठा छन् । ५ वटा कोठालाई सुइट रुम, १० भिल्ला, २० वटा क्लब रूम र ७० वटा कोठालाई भने डिलक्स रूमका रूपमा तयार गरिएको छ ।

दुई वटा रेष्टुरेन्ट रहेको छ । ब्याङ्क्वेट हलसहित हेलिप्याडको सुविधा समेत रहेको होटेलले ८ बिगाहा जमिन ओगटेको छ ।

भारत र बङ्गलादेशी पर्यटकलाई तान्न नेपालकै ठूलो क्यासिनो सञ्चालनको तयारी भइरहेको बताइएको छ । यहाँ भेगास क्यासिनोले संरचना बनाइएको छ ।

होटल र क्यासिनोमा गरी कूल ७ सय जनाले रोजगारी पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: