मन्त्री भट्टराईको योजना ः सातामा दुई दिन सार्वजनिक बिदा !

मेचीनगर, २६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा छन् ।

मन्त्रालय अबको दुई वर्ष सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा रहेको मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

मेरो प्रस्ताव सातामा दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा गरौं भन्ने छ, यसले घुमघाममा निस्कन चाहनेहरुलाई पर्याप्त समय मिल्छ, यो पर्यटन पुनरुत्थानका लागि पनि महत्वपूर्ण सावित हुनेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी सबैलाई फलदायी हुने अपेक्षा होटेल व्यवसायीको छ ।
मन्त्री भट्टराईका अनुसार अहिले आन्तरिक पर्यटन प्रवर्द्धनबाटै पर्यटन क्षेत्रलाई जीवित राख्न सकिने सम्भावनाबारे सरकारले निजी क्षेत्र र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा रणनीति बनाइरहेको छ ।

सम्भवतः सोही रणनीतिमा साताको दुई दिन सार्वजनिक बिदा दिने गरी कार्यक्रम समेटिने भएको छ ।

कोरोना भाइरसको महामारीबाट पर्यटन क्षेत्रलाई तत्काल धरासायी हुन नदिन आन्तरिक पर्यटन रणनीति बनाएर जान लागिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजण्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईं ।

‘लामो समय विदेशी पर्यटक आउने सम्भावना नरहेका कारण अब आन्तरिक पर्यटककै भरमा उद्योग धानिनुपर्छ,’ उनले भने, ‘विगतमा आन्तरिक पर्यटनलाई प्राथमिकता नदिएका हामी पनि अब सच्चिनु पर्ने बेला भएको छ ।’

माइनसमा व्यवसाय

६ महिनादेखि आम्दानी विहीन होटल, एअरलाइन्स र पर्यटन व्यवसायीले अब पर्यटन व्यवसायी माइनसमा गइसकेको बताउँछन् ।
‘आम्दानी रोकिएको ६ महिना भयो, घरभाडा तिर्नुपरिहाल्यो, कर्मचारीलाई तलब दिनु प¥यो, मर्मत सम्हार नियमित नगरेपछि झन् ठूलो भार पर्छ,’ होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘हामी त अब माइनसमा छौं ।’

उनले नेपाल राष्ट्र बैंकमा स्थापना हुने भनिएको पुनरुद्धार कोषबाट समेत कात्तिकयता ऋण लिन सक्ने अवस्था नभएकाले व्यवसायीमा समस्या थपिएको बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी सबैलाई फलदायी हुने अपेक्षा होटेल व्यवसायीको छ ।

उता, वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल सेवा सञ्चालन हुनासाथ भरिभराउ मान्छे नहुने भन्दै खुला भएको सन्देश दिनसमेत आन्तरिक उडान सुरु गर्नु पर्ने सुझाव दिन्छन् ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: