सिम्रिक सहकारीका सदस्यले पाए राहत

मेचीनगर, २७ भदौ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.बिर्तामोड सेवा केन्द्रले आज आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको हो ।

सदस्य स्वयमको, उसका श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य राहत नीतिमा उल्लेख छ ।

सिम्रिकका शेयर सदस्यले गर्ने नियमित कारोबार, शेयर लगानी, आवधिक बचत आदिका आधारमा सदस्य राहत प्रदान गर्ने नीति रहेको तालिम विभाग प्रमुख विजय बस्नेतको भनाइ छ ।

आज बिर्तामोड क्षेत्रका सदस्यहरुलाई एक लाख चार हजार ९४८ रुपैयाँ उपचार राहत हस्तान्तरण गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालले बताए । सदस्यहरुको घर, पसल आदि स्थानमा नै पुगेर उपचार राहत प्रदान गरिएको खनालले जानकारी दिए ।

योसँगै संस्थाले आइतबारदेखि शुक्रबारसम्म दुई लाख २२ हजार ३३९ रुपैयाँ राहत तथा सुविधा प्रदान गरिएको छ । यही साता मेचीनगरको जोरसिमलका दिपक क्षेत्रीको निधनमा संस्थाले राहत सुविधा वापत दुई लाख २८ हजार ७०० रुपैयाँ पनि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: