शुक्रमा जीवको सङ्केत दिने ग्यास भेटियो

झापा, ३० भदौ । वैज्ञानिकहरुले सतकमा ४०० डिग्री तापवाला शुक्र ग्रहको वायुमण्डलमा जीवको अस्तित्व रहेको सङ्केत मिलेको दावी गरेका छन् ।

बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रीब्स र उनको सहकर्मीले नेचर एस्ट्रोनमी नामक जर्नलमा हालै यसको सङ्केत गर्दै लेख प्रकाशित गरेका छन् ।

उनीहरुले शुक्र ग्रहको वायुमण्डलको ५० मिटर उचाईमा फास्फिन नाम ग्यास भेटिएको दावी गरे । यो ग्यास बन्नका लागि फस्फोरसको एक भाग र नाइटोजनको ३ भाग मिलेको हुनुपर्छ ।

वैज्ञानिकहरुले यकिनसाथ जीव भेटिएको भनेका छैनन् । तर फास्फिन ग्यास पृथ्वीमा जीवको अस्तित्वसँग जोडिएको तत्व हो । पेन्गुइन चराको पेटमा यो ग्यास हुन्छ ।

सौर्यमण्डलमा पृथ्वी नजिकको ग्रह भएर पनि शुक्रमा जीवको सम्भावना बारेमा अहिलेसम्मका खोज सफल हुन सकेको छैन । किनकि शुक्रको सतहमा पिज्जा उमाल्न चाहिने ४०० डिग्रीको तापक्रम हरबखत हुन्छ ।

सतहमा नभए पनि शुक्रको वायुमण्डलमा व्याक्टेरिया जस्ता शुक्ष्म जीवको अस्तित्व हुन सक्ने वैज्ञानिकहरुले नकारेका छैनन् ।
नासाले सन् २०३० मा शुक्रको वायुमण्डलको अध्ययन गर्नका लागि यान पठाउने महत्वाकांक्षी योजना बनाइरहेको जनाएको छ ।

(स्रोत : बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: