श्रीकृष्ण प्रणामीका धर्मगुरु मोहन प्रियाचार्यलाई कोरोना सङ्क्रमण

झापा, ३० भदौ । श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरुको प्रसिद्ध गुरु मोहन प्रियाचार्य महाराजलाई कोरोना सङ्क्रमण भएको छ ।

भारतको कालिम्पोङस्थित प्रख्यात मङ्गलधामका प्रमुख प्रियाचार्यलाई चार दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

भद्रपुरस्थित मङ्गल सेवा समितिका अध्यक्ष गोपाल खनालका अनुसार महाराज प्रियाचार्य गत साता सिलगढीस्थित मन्दिरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएका थिए ।

भीडभाडयुक्त सोही कार्यक्रमबाट सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

मङ्गलधामस्थित निजी आश्रममा होम आइसोलेसनमा रहेका धार्मिक गुरु प्रियाचार्यलाई सिलगढीको कार्यक्रमपछि ज्वरो आएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भयो ।

हाल महाराज प्रियाचार्यको स्वास्थ्यमा उल्लेख्य सुधार आइसकेको खनालले बताए । मङ्गलधाममा रहेका विद्यार्थी र अरुहरुको पीसीआर परीक्षण गर्न थालिएको छ ।

प्रियाचार्यलाई कोरोना सङ्क्रमणको खबर सार्वजनिक भएपछि नेपाल र भारतका उनको स्वास्थ्यलाभका लागि अनुयायीहरुले प्रार्थना गरिरहेको खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: