असोज ५ गते एक तिहाई गन्तब्यमा मात्र उडान खुल्ने

झापा, ३० भदौ । सरकारले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान खुला गर्ने जनाए तापनि पहिलो चरणमा एक तिहाई मात्र गन्तब्य खुल्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार एक तिहाई गन्तब्यका लागि मात्र उडान अनुमति प्रदान हुनेछ ।

सरकारले अहिलेसम्म उडान गन्तब्य तोकिसकेको छैन । असोज १ गतेसम्ममा गन्तब्य नतोकिए वायुसेवा कम्पनीहरुले आफै गन्तब्य तोक्ने चेतावनी दिएका छन् ।

असोज ५ गतेदेखि हवाई तथा स्थल यातायात खुलाउने सरकारले निर्णय गरिसकेको छ ।

हवाई उडानका लागि यात्रुले सुरक्षाको मापदण्ड पालना गर्नु पर्ने बताइएको छ । अनिवार्य मास्क लगाउनुपर्ने र ज्वरो नाप्नु पर्ने नियम लगाइने भएको छ । यात्रुको यात्रा विवरण समेत टिकटसँगै पेश गर्नुपर्ने बताइएको छ ।

कोरोनाको लक्षण देखिएका यात्रुलाई हवाई उडानको अनुमति नदिइने भएको छ ।

झापामा उडान तयारीको डेमो

झापाको चन्द्रगढी विमानस्थलमा हवाई उडाका लागि तयारी पूरा गरिएको छ । केही दिन अघि विमानस्थलले यात्रुको आवागमन सम्बन्धी डेमो समेत गरेको थियो ।

कसरी यात्रुलाई चेकजाँच गर्ने, सुरक्षाको मापदण्ड कसरी पालना गर्ने र भीडभाड कसरी व्यवस्थित गर्ने सम्बन्धमा डेमो प्रभावकारी भएको पर्यटन व्यवसायी गोपाल खनाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: