अरिस्ता र निर्मलाको जीवन बचाउन अपिल

अरिस्ता परियार ।                        फोटो साभार : सेतोपत्र अनलाइन

झापा, ३० भदौ । मेचीनगर नगरपालिकाका आर्थिक रुपमा विपन्न दुई महिलाको दुबै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ । उनीहरुको जीवन बचाउन सहयोगका लागि परिवार र सहयोग समितिलले अपिल गरेको छ ।

मेचीनगर–१० की १७ वर्षीया अरिस्ता परियार र मेचीनगर–९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुबै मिर्गौला खराब भएको हो । उहाँहरुको हप्तामा दुईपटक डाइलासिस गरिदै आएको छ ।

धुलावारी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी अरिस्ताको उपचारमा आर्थिक अभाव भएको कारण सहयोगका लागि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा सहयोग समिति गठन गरिएको आमा लक्ष्मी परियारले बताइन् ।

दुबै मिर्गौला खराब भएकी निर्मला ढुङ्गानालाई चिकित्सकहरुले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको र छोरीका लागि एउटा मिर्गौला दिन आफु तयार रहेको आमा लक्ष्मीमाया ढुङ्गानाले बताएकी छन् ।

विहे गरेको तीन महिनापछि निर्मलालाई मिर्गौलामा खराबी देखा परेको थियो । उनको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ । उनको उपचारमा सहयोग जुटाउन गिरिराज धमलाको संयोजकत्वमा बचाउ समिति गठन गरिएको छ ।

मिर्गौला खराब भएपछि डाइलासिस र औषधि निकै महंगो पर्ने र नयाँ मिर्गौला प्रत्यारोपण खर्च अरिस्ता र निर्मला जस्ता विपन्न परिवारले धान्न नसक्ने मेची उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुव कनाल बताउँछन् ।

मिर्गौला खराबी भएर थलिनुभएकी अरिस्ता र निर्मलालाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको हुँदा आर्थिक सहयोग जुटाउन अपिल गरिएको कनालले बताए ।

(रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: