चर्चित पीसीआर ल्यावको उद्घाटन गर्न प्यासी आउँदै

झापा, ३० भदौ । जनस्तरमा गठित एकका लागि एक अभियानले खरिद गरी सरकारलाई हस्तान्तरण गरेको कनकाईको पीसीआर ल्याव बुधवार उद्घाटन हुने भएको छ ।
एकका लागि एक अभियानले जनाए अनुसार बुधवार दिउँसो १ बजे कनकाई कोटीहोमस्थित समर्पण भवनमा ल्यावको उद्घाटन प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले गर्नेछन् ।

प्रयोगशालामा चार पाँच सय नमुना परीक्षण भइसकेको र त्यसले अपेक्षित नतिजा दिएपछि मात्र उद्घाटनको तयारी गरिएको एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

ल्याब जनस्तरबाट खरिद गरिए पनि सञ्चालनको जिम्मा मेची प्रादेशिक अस्पतालले पाएको छ ।

कनकाईमा राखिने ल्यावलाई अनुमति दिने कि नदिने भनी लामो समयसम्म विवाद चलेको थियो । अन्नतः सरकारले चलाउने गरी कनकाईमै ल्याव राख्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: