काँकरभिट्टाको प्राइम बैँककी महिला कर्मचारीलाई कोरोना

मेचीनगर, ३० भदौ । काँकरभिट्टा स्थित प्राइम बैँककी एक जना महिला कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मङ्गलबार मेचीनगर–६ स्थित काँकरभिट्टाकी २२ वर्षीया एक जना महिला कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ती महिलाको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि धाइजनको आइसोलेसनमा पठाइएको मेचीनगरपालिका सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।

उक्त बैँकलाई आज सिल गरिएको उनले बताए ।

यसअघि पनि इटाभट्टा स्थित प्राइम बैँककी एक जना महिला कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: