नेताका प्रतिष्ठानलाई गतिबिधि गर्न निषेध, गुटबन्दी बढाएको आरोप

झापा, ३० भदौ । नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ संस्थालाई कुनै पनि गतिबिधि नगर्न निर्देशन दिएको छ ।

पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सोमवार अन्तरपार्टी निर्देशन ५ जारी गर्दै पार्टीका नेताका नाममा खुलेका प्रतिष्ठान, फाउण्डेसन, अध्ययन केन्द्र लगायतका संस्थाको गतिबिधिमा रोक लगाएका हुन् ।

नेताका नाममा खुलेका संस्थाले पार्टीभित्र गुटबन्दी गर्न सघाउन थालेको आरोप लगाइएको छ ।

मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, झलनाथ खनाल, सुरेश वाग्ले, कृष्णसेन इच्छुक, निर्मल लामालगायतका नेताको नाममा संस्थाहरु खुलेका छन् ।

प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनेर त्यसको प्रतिबेदन नआएसम्म नेताको नामका प्रतिष्ठानको गतिबिधिमा अब रोक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: