एकाबिहानै गयो ६ रेक्टरको भुइँचालो, पूर्वमा पनि धक्का

झापा, ३१ भदौ । आज बिहान ५ बजेर १९ मिनेटको समयमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

काठमाडौं र वरपरका जिल्लामा यसको धक्काले मानिसहरु अत्तालिएका थिए । कतिपय स्थानमा मानिसहरु घरबाहिर निस्किएका थिए ।

सिन्धुपाल्चोक जिल्लाको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

पहिरोले क्षति पुर्याइरहेको क्षेत्रमा केन्द्रविन्दु भएका कारण भूकम्पले पनि पहिरो गएको हुनसक्ने अनुमान गरिएको छ । तर यो समाचार लेखिदासम्ममा कुनै क्षतिको विवरण नआएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए ।

भूकम्पको सानो धक्का सुनसरी र झापामा समेत महसुस गरिएको उर्लावारी नगरपालिका वडा नं. २ का डम्बरबहादुर खड्काले बताए ।

‘बिहान उठेर खाटमा बसिरहेको थिएँ,’ ८३ वर्षीय खड्काले भने –‘थुरुरु गर्दै घर हल्लियो ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: