झापामा २२ जनालाई कोरोना संक्रमण

मेचीनगर, ३१ भदौ । झापामा आज २२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार झापामा थपिने संक्रमितमा ६ महिलासहित २२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–५ का २ महिला र ३ जना पुरुष, दमक नगरपालिका–१, ४, ५, ८, ९ र १० का १ महिला र ७ जना पुरुष, भद्रपुर नगरपालिका–६, ७ र ८ का १ महिला र ३ जना पुरुष छन् ।

त्यस्तै गौरादह नगरपालिका–५ का १ जना महिला, मेचीनगरपालिका–५ का १ जना पुरुष र शिवसताक्षी नगरपालिका–६ र ११ नम्बर वडाका १ महिला र २ जना पुरुष रहेको कार्यालयले जनाएको छ ।

८ वर्षदेखि ६७ वर्ष उमेरका उनीहरुमध्ये भद्रपुर, मेचीनगर र शिवसताक्षीका एक–एक जना पुरुष भारतबाट आएका हुन् भने अरु सबै जना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

मेचीनगर–५ का ६७ वर्षीय पुरुष भारतबाट आएर धुलाबारी स्थित अतिथि सदनको क्वारेन्टिनमा बसेका संक्रमित हुन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७४७ पुगेको छ भने निको भएर घर फर्किएका ६२९ जना छन् ।

हालसम्म २३ हजार ९६३ जनाको पीसीआर गरिएको छ भने ११५ जना सकृय संक्रमित रहेका छन् ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: