वामदेव बने सांसद

  प्रकाशित मिति
१ आश्विन २०७७, बिहीबार १८:४१


मेचीनगर, १ असोज । बर्दिया १ बाट प्रतिनिधिसभा चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम ‘माननीय’ भएका छन् ।

गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

राष्ट्रपतिबाट मनोनित भएपछि आजै सिंहदरबार स्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले सपथ ग्रहण गराएका हुन् ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin