आज २ वटा रेल जनकपुरको स्टेसनमा आइपुग्ने

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार ०९:३१


मेचीनगर, २ असोज । आज भारतमा बनेको नेपाली ट्रेन सेट जनकपुर आइपुग्दैछ । जलेश्वर हुँदै रेल जनकपुर आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए । उनका अनुसार परीक्षणबाट राम्रो रहेमात्रै त्यसलाई स्वीकार गरिनेछ ।
भोलि शनिवार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ । औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन् ।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो । गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो । सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो । यो रेल असोज महिनादेखि सञ्चालनमा ल्याउने तयारी छ ।

जनकपुर–जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो । नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरेको हो । रेल आइपुगेपछि जयनगरमा राखिनेछ । दिनभर सञ्चालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको भट्टराईले बताए ।

रेल सञ्चालनका लागि कम्पनीले १ सय २९ जना सहायक प्राविधिक सहितको अनलाइन आवेदन खुलाइसकेको छ । यस खण्डमा रेल सञ्चालनका लागि २ सय २६ जना जनशक्ति आवश्यक पर्छ । तर, तत्कालका लागि १ सय २९ जना भर्ना गर्न लागिएको छ ।

भट्टराईले १२९ जनाले काम गर्दै जाने विस्तारै बाँकी पदपूर्ति गरिने बताए । प्रशासनिक र प्राविधिक सहयोगी कर्मचारी भर्ना गर्न लागिएको हो । मुख्य प्राविधिक कर्मचारी भारतबाट ल्याउन लागिएको छ ।

२६ जना प्राविधिक भारतबाट आउँदै छन् । यसका लागि कम्पनीलाई नेपाल सरकारले स्वीकृति दिइसकेको छ । भारतीय पक्षलाई कर्मचारी उपलब्ध गराइदिन कम्पनीले पत्राचार समेत गरिसकेको छ ।

दुई वर्षपछि नेपाली इन्जिनियरहरु पनि रेल सञ्चालनका लागि तयार हुनेछन् । त्यसपछि भारतीय कर्मचारीलाइ फिर्ता पठाइनेछ ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने

दसैं अघि नै रेल सञ्चालनको तयारीमा कम्पनी जुटेको छ । क्रस बोर्डर रेल सञ्चालन गर्न भारतसँग रेल्वे सेवा सम्झौंता गर्नुपर्छ । रेल मर्मतका लागि समेत सम्झौता गर्न बाँकी छ । रेल उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग भारतले आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिदिन लागेको छ । जयनगरदेखि जनकपुर करिब ३४ किमि रेलमार्ग तयार भइसकेको छ ।

(पहिलो पोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin