नेपालको रेल जनकपुर आइपुग्यो (फोटो फिचर)

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार १५:४८


मेचीनगर, २ असोज । जनकपुरमा नेपालले नै किनेको रेल गुडेको छ ।

कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि रेल जनकपुरधाम आइपुगेको हो ।

६ वर्षभन्दा बढी समयपछि जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः सञ्चालनका लागि दुई सेट रेल ल्याइएको हो ।

यसरी ल्याइएका रेलको बोगीहरु विशेषरुपमा डिजाइन गरिएको छ । नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरुको संयोजनमा रेलको बाहिरी आवरण तयार भएको छ ।

विभागका अनुसार १३०० सिट क्षमताको यी रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै फिचर्स छन् ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ । जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ ।

रेललाई फर्काइराख्नु पर्दैन । दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए ।

भारतका विभिन्न सहरमा ३०० किलोमिटरसम्म चल्ने यस किसिमका रेलहरु रहेको मिश्रले बताए ।

‘मोटामोटी मेट्रो ट्रेनको फिचर्स छ भन्न मिल्छ, मेट्रो र भारतमा चल्ने साधारण लोकोमोटिभ रेलको मिक्स फिचर्स छ,’ मिश्रले भने ।

यसमा एसीयुक्त आरामदायी सिटहरु छन् । रेलमा दुई वटा इन्जिन छन् । अगाडिको इन्जिन मुख्य हुन्छ । अगाडिकोलाई पावर कार र पछाडिकोलाई टेलर कार भनिन्छ ।

रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर हो । तर, जनकपुर–जयनगर रेल्वेको डिजाइन प्रतिघन्टा १०० किलोमिटर स्पिडको बनाइएको छ ।

भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको मिश्रले जानकारी दिए ।

रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो । यो कम्पनी रेल निर्माणका लागि भारतमा चर्चित मानिन्छ ।

यो रेल नेपाल रेल्वे कम्पनीले चलाउँछ । भोलि (शनिवार) भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ ।

(सेतोपाटी÷पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin