झापाको जिल्ला समन्वय अधिकारीमा न्यौपाने

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार १८:४३


भद्रपुर, २ असोज । लामो समयपछि झापामा जिल्ला समन्वय अधिकारीको पदमा रुद्र न्यौपानेले कार्यभार सम्हालेका छन् ।

कनकाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका न्यौपाने जिल्ला समन्वय समिति झापाको प्रमुख प्रशासक (यसअघि स्थानीय विकास अधिकारी भनिन्थ्यो) को रुपमा सरुवा भई आएका हुन् ।

झापाको कनकाई निवासी न्यौपाने निजामती प्रशासन क्षेत्रका कुशल, इमान्दार र सफा छवीका अधिकृत मानिन्छन् ।

उनले कनकाईको प्रशासनिक नेतृत्व गर्नु अघि अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला बन कार्यालय झापाको सहायक प्रमुखलगायतका नेतृत्वदायी भूमिका सम्हालिसकेका छन् ।

झापा जिल्ला समन्वय समितिमा अन्तिम स्थानीय विकास अधिकारीको रुपमा खेम ओझाले कार्यालयको नेतृत्व सम्हालेका थिए । त्यसपछि कार्यालयको प्रशासनिक नेतृत्व निमित्तले गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin