इन्जिनियिरिङ पढाई हुँदैमा धुलावारी क्याम्पसको अस्तित्व मेटिदैन : नगरप्रमुख आचार्य

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार १९:२४


मेचीनगर, २ असोज । मेचीनगरका प्रमुख विमल आचार्यले धुलावारीमा इन्जिनियिरिङ कलेज सञ्चालनमा आउँदैमा धुलावारी क्याम्पसको अस्तित्व धरापमा नपर्ने बताएका छन् ।

नगरपालिका आफैले यसवर्षदेखि सुरु गरेको मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटको बारेमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले त्यस्तो बताएका हुन् ।

इन्स्टिच्यूटले एसइइ उत्तीर्ण विद्यार्थीका लागि आर्किटेक्चर र आइटी इन्जिनियरिङ विषयमा उच्च शिक्षाको अध्ययनका भर्ना खुला गरिसकेको छ ।

मेचीनगर–१० रघुबीरबाडीस्थित धुलावारी क्याम्पसको भवनमै प्राविधिक कलेज सञ्चालन हुने भएपछि कतिपय कोणबाट शिक्षा, मानविकी र वाणिज्य विषयको स्नातक तह पढाई हुने पुरानो क्याम्पसको अस्तित्व सङ्कटमा पर्ने टिप्पणी गर्दै आएका थिए ।

नगरप्रमुख आचार्यले त्यस्तो आशङ्काको पुरै खण्डन गर्दै धुलावारी क्याम्पसको अस्तित्व मेटिन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा नगरकी उपप्रमुख मीना उप्रेती, इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेल, प्रमुख व्यवस्थापक होमनाथ भण्डारी र प्रिन्सिपल रुद्र मैनालीले मन्तब्य राखेका थिए ।

प्राविधिक कलेजको पठनपाठन आगामी मङ्सिरदेखि सुरु हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin