उत्पत्तिको प्रमाणपत्र चाँडै जारी गर्ने अध्यक्ष बोहोराको घोषणा

  प्रकाशित मिति
३ आश्विन २०७७, शनिबार ११:००


चेम्बरको कार्यालय उद्घाटन र रक्तदान

मेचीनगर, ३ असोज । मेची चेम्बर अफ कमर्सको धुलाबारीमा शाखा कार्यालय उद्घाटन गरिएको छ ।

शुक्रबार शाखा कार्यालयको उद्घाटन चेम्बर अफ कमर्स प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले गरेका हुन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष घिमिरेले व्यवसायीको नेतृत्व गरेका नेतृत्व वर्गलाई व्यवसायीको हितमा काम गर्न आग्रह गरे ।

घिमिरेले कामले संस्थालाई स्थापित गराउने भन्दै राज्यको नियम अनुसार दर्ता भएको संस्थाको बारेमा नकरात्मक प्रचार गरेर विवादमा नलाग्न पनि सरोकारवाला सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा चेम्बर झापाका संस्थापक अध्यक्ष सन्तोस अग्रवाल, झापा अध्यक्ष ओमकृष्ण बिमली, महिला चेम्बरकी झापा अध्यक्ष प्रेमा भट्टराई, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

चेम्बर अफ कमर्स मेचीनगरका अध्यक्ष ललितकुमार बोहोराले स्थानीय उत्पादनको उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कामको प्रक्रियामा लागेको बताए । उनले उत्पत्तिको प्रमाण पत्र मेची चेम्बरले चाँडै जारी गर्ने समेत जानकारी दिए ।

मेचीनगरमा ३६ जना आजिवन सदस्य र १०५ जना साधारण सदस्य भइसकेको अध्यक्ष बोहोराले जानकारी गराउदै कार्यालयमा ४ जना कर्मचारीले काम पनि शुरु गरिसकेको बताए ।

यसैगरी चेम्बरले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । धुलाबारी चोकमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको जनाइएकोे छ ।

अध्यक्ष बोहोराले स्वागत तथा सभापतित्व गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्णराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin