लोकतन्त्रको विषयमा भ्रम सिर्जना नगरौँ ः प्रधानमन्त्री ओली

  प्रकाशित मिति
३ आश्विन २०७७, शनिबार १३:०२


मेचीनगर, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ संक्रमणदेखि रोकथाम र नियन्त्रणका लागि गरेका कामहरु उत्साहजनक भएको बताएका छन् ।

छैटौँ लोकतन्त्र दिवसको अवसरमा शनिबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले कोभिडका बारेमा अहिलेसम्म गरेका काम उराठलाग्दो नभएको दावी समेत गरे ।

‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो । तर महामारी नियन्त्रणका लागि चालिएका कदमको संक्षिप्त समिक्षा गर्ने हो भने अहिलेसम्म गरिएका कामका तस्बिर उराठलाग्दो होइन् । उत्साहजन देखिन्छन्, उनले भने ।

कोभिड–१९ को पहिलो संक्रमण देखिएदेखि अहिलेसम्म आइपुग्दा उपचार र क्षमतामा उल्लेखनीय प्रगति भएको बताउँदै आकाश जमिनको फरक रहेको बताए ।

ओलीले जनसंख्याको २ प्रतिशतमा पीसीआर परिक्षण गर्ने अनुमानित लक्ष्य पुरा भएको बताए । यस्तै, उनले कोरोना महामारी नभएको भए रानीपोखरी, धरहराको काम सम्पन्न भइसक्ने, मेलम्चीको पानी आइसकेको हुने दाबी समेत गरे ।

प्रम ओलीले लोकतन्त्रका विषयमा गरिने आशंका र भ्रमबाट आफू विस्मित हुने गरेको पनि बताउँदै भने, ‘मैले नेतृत्व समालेदेखि कसैकसैले यो सरकार र सत्तारुढ दलको बारेमा लोकतन्त्रका विषयमा गरिने आशंका वा भ्रम सिर्जना गर्ने प्रयासबाट विष्मित हुने गरेको छु ।

लोकतन्त्रमा असमत स्वरहरुले स्थान पाउछन् र पाउनुपर्छ । तर हल्लाबाट प्रभावित हुने जता हावा लाग्छ उतै वरालिने परिपाटी लोकतन्त्र होइन् ।’

उनले भष्ट्राचार नियन्त्रणका विषयमा प्रविबद्ध रहेको बताउँदै भष्ट्राचारका विषयमा मुखमा पानी हालेर नबोल्ने पनि बताए ।

(पहिलो पोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin