झापाका ६ जनाले पाए राष्ट्रपतिबाट तक्मा

  प्रकाशित मिति
३ आश्विन २०७७, शनिबार १७:१३


।। अर्जुन कार्की ।।

मेचीनगर, ३ असोज । मानपदवी, अलंकार र पदकद्वारा झापाका ६ जना व्यक्तित्वहरु विभुषित हुने भएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीबाट संविधान दिवसको अवसरमा झापाका ६ जना व्यक्तित्वहरुसहित देशभरका ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित गर्ने भएकी हुन् ।

झापाका ६ जनामा सामज सेवा रत्नबाट अर्जुनधारा–५ का महेन्द्रकुमार गिरी, जनसेवा श्री पञ्चमबाट मेचीनगर–१० निवासी माया गुरुङ, र्कीतिमय राष्ट्रीय चतुर्थबाट बिर्तामोड–१ का विल्सनविक्रम राई छन् ।

त्यस्तै प्रवल जनसेवा श्री चतुर्थबाट दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानमणि पौडेल छन् ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin