युटुबबाट ‘खै के खै के’को पर्दा खुल्यो

  प्रकाशित मिति
९ आश्विन २०७७, शुक्रबार २१:३२


 

झापा, ९ असोज । झापाका चर्चित र नयाँ कलाकारहरुको अभिनय रहेको ‘खै के खै के’ नामको हाँस्य श्रृङ्खला (कमेडी सिरियल)को शुक्रवार साँझ ‘प्रिमियर शो’ गरिएको छ ।

त्रिकोण क्रिउ मिडियाको व्यानरमा निर्माण भएको यो कमेडी सिरियलमा चर्चित कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री), बिमला चिमरियालगायतका कलाकारहरुको अभिनय छ ।

शुक्रवार साँझ ७ बजे युटुबमार्फत प्रिमियर शो सुरु भएको थियो ।

रङ्गमञ्जबाट उदाएका सशक्त युवा निर्देशक अनमोल कृष्णको लेखन तथा निर्देशन रहेको यो सिरियलको निर्माता अमेरिकामा रहेका जेके जगत र सरु जगत रहेका छन् । पाश्र्वगायन अभिनेता श्रीकृष्ण लुइँटेल आफैले गरेका छन् भने सङ्गीत अशोक थापाले भरेका छन् ।

कोरियोग्राफी कृष्ण सुबेदीको र छायाङ्कन ज्ञानेन्द्र कोइरालाको भएको सिरियलमा कलाकारहरु विपीन प्रसाई, मधु न्यौपाने, लक्ष्मी मिश्र, उमेश पौडेल, भुपाल परियार, सृजना मैनाली नानु, रमेश भट्टराई, समिरा पौडेल, डम्बर थापा, अनन्त लुइँटेल, प्रिती पराजुली शर्मा, कृष्ण सुबेदी, अनुप खतिवडा, सुशिल अधिकारी, प्रज्ज्वल खड्का, स्नेहा राजबंशी, सम्झना राजबंशी, सुस्मिता दनुवार र बाल कलाकार अनमोल खरेलको अभिनय रहेको छ ।

प्रिमियर शोमा पहिलो भाग १७ मिनेट ३५ सेकेन्ड अवधिको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज