कोरोनाबाट मेचीनगरकी ७९ बर्षीया महिलाको मृत्यु

  प्रकाशित मिति
१२ कार्तिक २०७७, बुधबार १०:४३


मेचीनगर, १२ कार्तिक । मेचीनगर–६ काँकरभिट्टाकी ७९ बर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

पारिवारिक स्रोतका अनुसार आज विहान ९ बजेतिर विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको हो ।

एक सातादेखि विरामी भएर विर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएकी उनलाई निमोनिया संक्रमण भएपछि थप उपचारका लागि बीएन्डसी हस्पिटलमा ल्याइएको थियो ।

आइसीयुमा राखेर उपचार भइरहेकोमा विहान उनको निधन भएपछि नेपाली सेनाको सहयोगमा शब व्यवस्थापनको तयारी भइरहेको मृतकका नातिले लोकतन्त्र पोस्टलाई बताए ।

उनको कोरोना परीक्षण विराटनगरको नोवेल हस्पिटलमा गरिएको थियो । टिकाको दिन नै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज