बङ्गलादेशका नयाँ राजदूत चौधरी

  प्रकाशित मिति
१८ कार्तिक २०७७, मंगलवार १९:०७


झापा, १८ कार्तिक । बङ्गलादेशले नेपालका लागि नयाँ राजदूत राजदूत सलाहुद्धीन नोमन चौधरीलाई नियुक्त गरेको छ ।

उनी बुधबार काठमाडौं आइपुग्ने भएका छन् । उनी चार्टर्ड विमानमार्फत काठमाडौ ओेर्लने कार्यक्रम रहेको छ ।

काठमाडौँ आएपछि १४ दिन क्वारेन्टिनमा बसेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ ।

काठमाडौं आउनुअघि यसै हप्ता उनले राष्ट्रपति अब्दुल हमिदसँग भेटघाट गरेका थिए ।

सो भेटघाटका क्रममा राष्ट्रपतिले व्यापार र लगानीको सम्बन्धमा नेपालमा ठूलो अवसर भएकाले त्यसको प्रवर्धनको लागि काम गर्न निर्देशन दिएका थिए ।

साथै उनले दुई देशको सम्बन्धलाई प्रभावकारी रुपमा अगाडि बढाउन पनि निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज