विहारमा शनिबार चुनाव, सीमा नाका आवतजावतमा रोक

  प्रकाशित मिति
२१ कार्तिक २०७७, शुक्रबार १७:३०


विराटनगर स्थित सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी ।

झापा, २१ कार्तिक । भारतको विहारमा शनिबार हुने निर्वाचनका कारण विराटनगर जोगबनीसहित सीमा क्षेत्रमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विधानसभा सदस्यको तेस्रो चरणको निर्वाचनलाई लक्षित सीमामा सरक्षा अवस्था कडाई बनाइएको हो ।

दुवै क्षेत्रमा आवातजावतमा कडाई गर्दै उच्च सतर्कता अपनाइएको उनले बताए । मोरङसँग विहारको अररीया जिल्लामा पनि निर्वाचन हुने भएपछि शुक्रबारबाट नेपालतर्फ उच्च सतर्कता अपनाइएको छ ।

निर्वाचनका बेला घुसपैठ र अपराधिक घटना हुन नदिन र सहज आवतजावत गर्न नसकुन् भनेर सीमा क्षेत्रमा निगरानी बढाएर सुरक्षा कडाई गरिएको खड्काको भनाइ छ ।

यसका लागि भारतका सुरक्षा निकायले पटक पटक निर्वाचनका समयमा सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्न आग्रह गर्दै आएका छन् । हाल नेपालतर्फको भूभागमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा प्रदान गरिरहेको छ ।

त्यसैगरि भारततर्फ पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर कडाई गरिएको छ । निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई नेपाली सुरक्षाकर्मीले उच्च निगरानीमा रहने प्रहरीको भनाइ छ ।

विहारको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन र सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन प्रदेश १ का नेपाल प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की र सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहालले निर्देशन दिइसकेका छन् ।

यद्धपी, विराटनगर भन्सार कार्यालयको काममा समेत निर्वाचनले प्रत्यक्ष असर पारेको छ । भारततर्फबाट शुक्रबार दिउँसोदेखि मालबहाक सवारीसाधन रोकिएका छन् । नेपालबाट पनि खाली वा लोड भएका मालबहाक सवारी साधन नेपालतर्फको सडक र आइसीपीमै रोकिएका छन् ।

(देश सञ्चार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज