प्रधानमन्त्री ओली इलामको सन्दकपुर आउँदै

  प्रकाशित मिति
४ मंसिर २०७७, बिहीबार १६:१९


झापा, ४ मङ्सिर । प्रधानमन्त्री केपी ओलीले यही मङ्सिर ७ गते इलामको सन्दकपुरस्थित सीमा निरीक्षण र बीओपी उद्घाटन गर्न आउने भएका छन् ।

पूर्वी इलामको सन्दकपुर गाउँपालिका वडा नं. ५ र माइजोगमाई गाउँपालिका वडा नं. २ को सीमानामा रहेको जौबारी बजारमा आइतवार दिउँसो १२ बजे प्रधानमन्त्री ओली आइपुग्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति इलामका गणेश बरालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा भारतसँगको सीमाना अवलोकन गर्ने र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) उद्घाटन गर्ने सोही क्षेत्रका बासिन्दा समेत रहेका नेपाल पत्रकार महासंघ इलामका पूर्व अध्यक्ष उमेश गुरुङले जनाएका छन् ।

मङ्सिर ५ गते नै सो क्षेत्रमा प्रधानमन्त्री आउने कार्यक्रम थियो । तर कार्य व्यस्तताका कारण भ्रमणलाई दुई दिन पछि सारिएको हो ।

सन्दकपुर नेपालको पर्यटकीय क्षेत्र समेत हो । जहाँबाट सूर्योदयको दृश्यावलोकन गर्न वर्षेनी हजार्रौ पर्यटक आउने गर्छन् ।

सीमा पारि भारतीय भूभागमा सडक यातायातको सुगमता भएको कारण सन्दकपुरको पर्यटकीय महत्वको लाभ नेपालीले भन्दा भारतीयले ज्यादा लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज