झापामा आज २ को मृत्यु, ७५ जनामा कोरोना संक्रमण

  प्रकाशित मिति
४ मंसिर २०७७, बिहीबार १७:०८


मेचीनगर, ४ मंसिर । झापामा आज ७५ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ३५ महिला र ४० जना पुरुषसहित ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो ।

दमक नगरपालिकामा १० महिलासहित २० जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ७ जना, गौरादह नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ११ जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ५ जना, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कमल गाउँपालिकामा ३ महिलासहित ४ जना, झापा गाउँपालिकामा ४ महिलासहित ६ जना, कनकाई नगरपालिकामा २ महिलासहित ४ जना, गौरीगञ्ज गाउँपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष र हल्दीबारी गाउँपालिकामा ३ जना महिला संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यस्तै आज मृत्यु हुनेमा २ जना पुरुष छन् । दमक–९ का ७० वर्षीय पुरुषको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा र झापा–७ का ७२ वर्षीय पुरुषको होम आइसोलेसनमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३२ हजार ५४ जनाको स्वाबको नमुना संकलन गरिएको छ । त्यसमध्ये ३ हजार १६८ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९० जनाको मृत्यु भइसकेको छ ।

हालसम्म निको भएर घर फर्किएका १ हजार ९८५ छन् भने सकृय संक्रमित १ हजार ९५ जना रहेको चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज