कैदीबन्दीलाई सहयोग दिएर जेसीज सप्ताहको उद्घाटन

  प्रकाशित मिति
४ मंसिर २०७७, बिहीबार १९:०१


।। रेवतिराज घिमिरे ।।

भद्रपुर, ४ मङ्सिर । भद्रपुर जेसीजले झापा जिल्ला कारागारका कैदीवन्दीहरुलाई आज स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

जेसीज सप्ताहको सुरुवात गर्दै उक्त सहयोग दिइएको हो ।

कारागार प्रशासनको प्राङ्गणमा विहीवार एक कार्यक्रमका बीच कारागारका जेलर राजेन्द्रकुमार गौतमलाई जेसीजका अध्यक्ष डिल्लीराम पोखरेललगायतको टोलीले सर्जिकल माक्स, सेनिटाइजर, ग्लोब्स र सोडियम हाईड्रो क्लोरोफम लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको थियो ।

सो अवसरमा प्रदेश सांसद बसन्त बानियाले जेसीजको सहयोगको प्रशंसा गर्दै स्वास्थ्य सामग्री हस्तान्तरणले कैदीवन्दीहरुलाई कोरोनाबाट जोगिन सहयोग पुग्ने बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि जेसीजका पूर्व केन्द्रीय अध्यक्ष उत्तरकुमार चापागाई, जेलर गौतम लगायतले मन्तव्य राखेका थिए ।

भद्रपुर जेसीज बर्ष २०२० का अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा महासचिव निकास पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत मनोज भट्टराई तथा जेसीज आस्था वाचन युवराज न्यौपानेले गरेका थिए ।

जेसीज सप्ताहका अवसरमा आजदेखि मंसिर १३ गतेसम्म विविध सामाजिक कार्यक्रमहरु गरिने अध्यक्ष पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज