श्रीमती हत्याको आरोप लागेका भण्डारी कारागार चलान

  प्रकाशित मिति
४ मंसिर २०७७, बिहीबार २०:२३


मेचीनगर, ४ मंसिर । गत असोज १२ गते श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका ६४ वर्षीय भीम भण्डारीलाई जिल्ला अदालत झापाले आज जेल चलान गरेको छ ।

बिहीवार अदालतको आदेशले गौरादह–१ निवासी भण्डारीलाई पुर्पक्षका लागि झापा कारागार पठाएको हो ।

भण्डारीले ६५ वर्षीया श्रीमती मनमाया भण्डारीको गत असोज १२ गते गौरादहको घरैमा हत्या गरेका थिए ।

असोज १५ गते पक्राउ परेका भण्डारीले घट्नास्थलको अनुसन्धान, घरपरिवार, स्थानीय बासिन्दा, छरछिमेकका ब्यक्तिहरुबाट बुझिएका कुराहरु साथधरान स्थित बीवी कोइराला विज्ञान प्रतिष्ठानबाट प्राप्त पोष्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समय बिश्लेषणबाट पनि श्रीमतीको हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज