ब्राउनसुगर सहित मेचीनगरमा २ जना पक्राउ

  प्रकाशित मिति
५ मंसिर २०७७, शुक्रबार १४:५१


मेचीनगर, ५ मंसिर । मेचीनगर–१५ स्थित हेल्दुबारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११ दशमलव ६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

बा ३८ प ३८८५ नम्बरको मोटरसाइकलमा सवार रहेका निजहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त परिमाणको नियन्त्रीत लागुऔषध ब्राउनसुगर, ८१ हजार १ सय नेपाली रुपैयाँ, १ सय १० भारतीय रुपैयाँ र मोवाइल २ थान बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज