गौरादहका संक्रमित ६३ वर्षीय पुरुषको नोबेलमा मृत्यु

  प्रकाशित मिति
५ मंसिर २०७७, शुक्रबार १५:४३


झापा, ५ मंसिर । गौरादह–८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण नोबेल शिक्षण अस्पताल विराटनगरमा आज मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान ७ः३० बजेतिर मृत्यु भएको उनले बताए ।

उनको पीसीआर परीक्षण गराउँदा बिहीवार रिपोर्ट पोजिटिभ आएको थियो । योसँगै झापामा कोरोना भाइरसका कारण ९१ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज