झापामा आज २ को मृत्यु, २९ जनामा कोरोना

  प्रकाशित मिति
५ मंसिर २०७७, शुक्रबार १८:०२


मेचीनगर, ५ मंसिर । झापामा आज २९ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १० वटा पालिकामा १४ महिला र १५ जना पुरुषसहित २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा ६ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, गौरादह नगरपालिकामा २ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ५ जना, भद्रपुर नगरपालिकामा १ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा ३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कमल गाउँपालिकामा ३ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना महिला र हल्दीबारी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यस्तै आज मृत्यु हुनेमा १ महिला र १ जना पुरुष छन् । गौरादह–८ का ७२ वर्षीय पुरुषको र गौरीगञ्ज–७ का ७५ वर्षीया महिलाको विराटनगर स्थित नोवेल अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३ हजार १९७ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज