भूटानभित्र चीनले बस्ती बसाएको भारतीय मिडियामा झुठो हल्ला

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार १२:४७


भूटानी सुरक्षाकर्मीको डफ्फा नियाल्दै त्यहाँका राजा ।

झापा, ६ मङ्सिर । भारतले कहिले नेपाल र कहिले भूटानलाई चीनविरुद्ध उक्साउन सीमा विवादको नक्कली बखेडा खडा गर्दै आएको छ ।

भारतीय मूल प्रवाहका मिडियाले डोक्लाम सीमा क्षेत्रमा चीनले भूटानको सीमाभित्र घुसेर वस्ती नै बसाएको भनेर हालै काल्पनिक समाचार प्रकाशित गरेका छन् ।

तर भूटानले भारतीय मिडियामा आएका यी समाचार पुरै झुठो भएको भन्दै सीमा अतिक्रमण अस्वीकार गरेको छ ।

बीबीसीका अनुसार भारतीय मिडियाले डोक्लामको २ किलोमिटरभित्रसम्म चीनले बस्ती बसाएको समाचार छापेको थियो ।

भारतका लागि भूटानी राजदूत वेत्सोप नाम्ग्यालले मिडियाको रिपोर्ट खारेज गरिएको प्रतिक्रिया दिएका छन् ।

‘भूटानको सीमाभित्र चीनले कुनै वस्ती बसाएको छैन’, नाम्यालले भनेका छन्–‘डोक्लाम नजिक केही वस्तीहरु सेटेलाइट तस्वीर देखिएका छन्, ती भूटानभित्रका होइनन् ।’

भारतीय मिडिया हाल चीनविरुद्ध प्रचार युद्धमा लागेका छन् । छिमेकी मुलुकसँग पनि चीनको सीमा विवाद छ भन्ने देखाउनका लागि भारतीय मिडियाले नेपालको उत्तरी जिल्लाहरुमा चीनले सीमा मिचेको छ भनेर यदाकदा यस्तै भ्रामक समाचार प्रकाशित गर्दै आएका छन् ।

डोक्लाम क्षेत्र त्यही भूभाग हो, जहाँ गत वर्ष भारत र चीन बीच सैन्य तनाव बढेको थियो । भूटान, भारत र चीनको त्रिदेशीय सीमाविन्दुमा डोक्लाम पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज