मेचीनगर–६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बन्ने

  प्रकाशित मिति
९ मंसिर २०७७, मंगलवार १९:३९


मेचीनगर, ९ मंसिर । मेचीनगर–६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ ।

सोमबार उपप्रमुख मिना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको नगरपालिका कार्यपालिकाको बैठकले मेचीनगरको ६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बनाउने निर्णय गरेको हो ।

ती तिनै वटा भवन बनाउन ३ करोड भन्दाबढी रकममा टेण्डरमार्फत ठेक्का लागिसकेको उपप्रमुख उप्रेतीले बताइन् ।

त्यसका लागि टेण्डर आह्वन गरेर ती वडा कार्यालयहरुको भवन निर्माण कार्यमा गइसकेको छ ।

त्यस्तै बैठकले मेचीनगर–२, ५, १२ र १३ नम्बर वडा कार्यालयको भवन निर्माणका टेण्डर प्रकिया शुरु गर्ने निर्णय गरिएको उनले जानकारी दिइन् ।

यी चार वटा भवन बनाउन वहुवर्षीय योजना मार्फत चालु आर्थिक वर्षका लागि १ करोड ३० लाख रुपैयाँ छुट्टाईएको उनको भनाइ छ ।

यसअघि नगरपालिकाले वडा नम्बर १, ३, ७ र ९ को कार्यालयको भवन बनाईसकेको छ ।

मेचीनगर–४, ११, १४ र १५ नम्बर वडा कार्यालय पहिलैदेखि आफ्नै पुरानो पक्की भवनमा छ ।

मेचीनगरका १५ वटै वडा कार्यालयको भवन चालु आर्थक वर्ष र अर्को आर्थिक वर्षभित्र पुरा हुने उपप्रमुख उप्रेतीले दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज