राप्रपा झापाले शनिबार बृहत मोटरसाइकल र्याली गर्ने

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार २०:५६


मेचीनगर, १८ मंसिर । राप्रपा झापाले यहि शनिबार काँकरभिट्टादेखि बिर्तामोडसम्म मोटरसाइकल र्याली गर्ने भएको छ ।

हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी लगायतका माग राख्दै राप्रपा झापाले यहि मंसिर २० गते झापामा मोटरसाइकल र्याली गर्ने भएको हो ।

राप्रपा झापाले शनिबार मोटरसाइकल र्याली मार्फत २० हजार मानिस सडकमा उतार्ने घोषणा समेत गरेको छ ।

काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्ति सिटौला, प्रजातान्त्रीक युवक संगठनका केन्द्रीय उपाध्यक्ष एवम् र्यालीका संयोजक धुर्व उप्रेतीले १० हजार मोटरसाइकल र ५० वटाभन्दा बढी गाडीमा मानिस र्यालीमा सहभागि हुने बताएका छन् । हिन्दुधर्म पुर्नस्थापना र राजसंस्था स्थापनाका लागि आम नागरिकले राप्रपा पार्टीलाई सहयोग गर्न उनीहरुले आह्वन गरेका छन् ।

शनिबार काँकरभिट्टाबाट १२ वजे शुरु भएर बिर्तामोडमा सम्पन्न हुनेछ । र्यालीमा कोभिड–१९ लाई ध्यनजर गर्दै एउटा मोटरसाइकलमा १ जना र मास्क अनिवार्य लगाउनु पर्नेछ ।

राप्रपाका पुर्व महामन्त्री संघिय सांसद राजेन्द्र लिङदेनले र्यालीको उद्घाटन गर्ने कार्यक्रम तय भएको राप्रपा झापा क्षेत्र नं. १ का अध्यक्ष रमेश दाहालले जानकारी दिए । र्यालीकोे तयारी पुरा भएको र त्यसको ब्यवस्थापन राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्यले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज