नेविसंघले भन्यो–‘गाडी जलाउन खोजेको होइन, रोकेको हो’

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार २२:२१


मेचीनगर, १८ मङ्सिर । मेचीनगरकी उपप्रमुख मीना उप्रेती चढेको गाडीमा आगजनीको प्रयास गरेको आरोप अस्वीकार गर्दै नेपाल विद्यार्थी संघ झापाले भनाई सार्वजनिक गरेको छ ।

संघका सभापति राजेन्द्र उप्रेतीले सरकारी गाडीहरुलाई आज चलाउन नदिने क्रममा उपप्रमुख उप्रेती चढेको गाडीलाई आफ्ना कार्यकर्ताहरुले रोकेको स्वीकार गर्दै जलाउन भने नखोजेको जनाएका छन् ।

सभापति उप्रेतीले आज साँझ प्रेस विज्ञप्ति जारी गरी घटना बारेमा प्रतिक्रिया जनाएका हुन् ।

बुधवार तनहुँमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा संघको केन्द्रीय कार्यक्रम अनुसार आज देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धाइजन नजिक पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नम्बरको गाडीमा रहेकै अवस्थामा नेविसंघका कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफुलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आएकी छन् ।

उनी नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला अपरान्ह ३ बजेतिर घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज