प्लाइउड आगलागीमा ३० लाखको क्षति
प्रकाशित मिति
२० मंसिर २०७७, शनिबार १०:४९विर्तामोड, २० मंसिर । विर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइउड फ्याक्ट्रीमा हिजो भएको आगलागीमा ३० लाख रुपैयाँको भौतिक सम्पत्ति जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले हिजो विहान ७ ः १५ बजे विद्युत सर्ट भई आगलागी भएको र तत्कालै अनारमनीको प्रहरी र शनिश्चरे बेसक्याम्पबाट सशस्त्र प्रहरीको टोली पुगेर आगो निभाएको जानकारी दिए ।
आगो निभाउने कार्यमा दमक, भद्रपुर र विर्तामोडको दमकलले सहयोग पुर्याएको थियो ।
साढे ३ घण्टापछि आगो पूर्ण नियन्त्रणमा आएको थियो । काठ लगायतका ३० लाखका सामान जलेर नष्ट भएको थियो ।