भर्खरै : काँकरभिट्टाबाट राप्रपाको र्‍याली सुरु

  प्रकाशित मिति
२० मंसिर २०७७, शनिबार १५:२३


काँकरभिट्टा, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संबैधानिक राजसंस्थासहितको हिन्दु राज्य माग गर्दै काँकरभिट्टाबाट सुरु गरेको मोटरसाइकल र्याली विर्तामोडतर्फ अघि बढेको छ ।

र्याली सुरु हुनुभन्दा अघि हनुमान मन्दिर छेउमा उद्घाटन समारोह गरिएको थियो । समारोहलाई राप्रपाका पूर्व महामन्त्री तथा सांसद् राजेन्द्र लिङ्देनले उद्घाटन गरे । कार्यक्रमलाई पार्टीका जिल्ला अध्यक्ष अम्बर बिष्टले सम्बोधन गरे ।

उनले नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जनताको चाहना नभएको दावी गर्दै अब राजसंस्थासहितको हिन्दुराज्य र केन्द्रीकृत व्यवस्था स्थापना गर्ने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने उद्घोष गरे ।

उनले मुलुकमा विदेशी चलखेल, भ्रष्टाचार र बेथिति बढेको भन्दै राजासहितको प्रजातन्त्र ल्याउनका लागि एकजुट हुन राप्रपा बाहिरका सबै समर्थकलाई आह्वान गरे ।

र्याली पूर्व निर्धारित समय भन्दा तीन घण्टा ढिलो सुरु भएको छ । मास्क लगाएका हजारौं कार्यकर्ता र्यालीमा सहभागी छन् ।

र्यालीको अगुवाई राप्रपा नेता लिङ्देनले गरेका छन् । इटाभट्टा, धुलावारी, चारआली हुँदै र्याली राजमार्गबाट विर्तामोड पुग्ने कार्यक्रम छ ।

र्यालीमा सहभागी कार्यकर्ताले राजसंस्था, हिन्दु राज्य र राप्रपाको नाममा जयजयकार गरिरहेका छन् भने सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज