साझा र विवेकशील पार्टीबीच एकता

  प्रकाशित मिति
२४ मंसिर २०७७, बुधबार १७:४५


झापा, २४ मंसिर । अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ ।

साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा आज हस्ताक्षर गरेका हुन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५–६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३–१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए । दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प पार्टी बनाउने दाबी गरेका छन् ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज