शान्तिपूर्ण जुलुस र धर्ना कार्यक्रममा प्रहरीको हस्तक्षेप (फोटो फिचर)

  प्रकाशित मिति
१ पुष २०७७, बुधबार १६:५४


।। अर्जुन कार्की ।।

मेचीनगर, १ पुस । बन्द सीमा नाका खुला गर भन्दै काँकरभिट्टामा शान्तिपूर्ण रुपमा धर्नामा बसेका मानिसहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

होटल, पर्यटन व्यवसायी र स्थानीयबासीहरुले आज पनि बन्द नाका खुला गर भन्दै विरोध प्रदर्शनसहित धर्नामा बसेकालाई प्रहरीले हस्तक्षेप गरेको हो ।

बन्द नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टास्थित मेचीपुल, बसपार्क लगायत बजारमा जुलुस प्रदर्शनपछि वीच सडकमा धर्ना दिएका थिए ।

शान्तिपूर्ण धर्नामा बसेका एकसय भन्दाबढी प्रदर्शनकारीलाई प्रहरीले हातपात गर्दै तितरवितर पारेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताए ।

‘काँकरभिट्टाको वीचसडकमा जुलुसपछि केहि समयका लागि धर्ना कार्यक्रम राखेका थियौँ’ अध्यक्ष श्रेष्ठले भने–‘जिल्लाबाट एसपीको गाडी आइपुग्यो । गाडीलाई हामीले रोक्यौं। जताबाट आएको थियो उतै फर्काइदियौँ ।’

एसपीको गाडी फर्के लगत्तै काँकरभिटका डीएसपी राजेन्द्र पोखरेलको कमाण्डमा आएको टोलीले धर्नामा बसेकालाई तितरवितर गरेका थिए । होटल व्यवसायी संघका अध्यक्ष श्रेष्ठ र ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र)लाई पक्रेर गाडीमा हाल भन्ने आदेशपछि प्रहरीले उनीहरलाई पक्राउ गर्न खोज्दा धर्नामा बसेका महिला तथा अन्य मानिसहरुले रोकेका थिए ।

शान्तिपूर्ण जुलुस र धर्नामा प्रहरीको हस्तक्षेप निन्दनीय भएको भन्दै भर्त्सना गरेका छन् । अध्यक्षद्वय श्रेष्ठ र कार्कीले नाका नखुले झन कडा आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज