डिप्रेसन किन हुन्छ, के हुन् लक्षण ?

  प्रकाशित मिति
४ पुष २०७७, शनिबार २०:२७


झापा, ४ पुस । डिप्रेसन भन्नाले मनमा निराशापन हुनु र निरशापनको भावनालाई बुझिन्छ । कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निराश हुन्छ ।

कहिलकाहीँ रून मन लाग्छ । आफूले सोचेजस्तो परीक्षा नभएमा विद्यार्थीहरूमा निराशापन आउछ ।आफूले भनेजस्तो भएन भने, काममा धेरै तनाव भयो भने, सम्बन्धमा समस्या आयो भने, अनि आर्थिक रूपमा समस्या पर्यो भने पनि मानिस निराश हुन्छ ।

डिप्रेसन किन हुन्छ ? डिप्रेसनका लक्षणहरू के–के हुन ? डिप्रेसनको उपचार कसरी गर्ने ? पुरुषलाई भन्दा महिलालाई डिप्रेसन किन धेरै हुन्छ ? लगायत विषयमा हामीले मेडिसिटी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर ऋचा आमात्यसँगको कुराकानी ।

यस कुराकानीका मुख्य अंशहरू यसप्रकार छन् ।

–मनमा निराशापन हुनु । सानो कुरामा चिटचिटाहट हुनु । केही काममा जाँगर नहुनु । थकान हुनु । काममा ध्यान केन्द्रित नहुनु । निद्रा नलाग्नु यसका प्रमुख लक्षण हुन् ।

–डिप्रेसन भएको व्यक्तिले आफ्नो भविष्य अन्धकार देख्छ जसले गर्दा उसलाई आत्महत्यासम्म सोच आउन सक्छ । विगतमा मैले गल्ती गरेँ भनेर धेरै पछुतो मान्छ । कसैलाई खानको रूचि हुँदैन भने कसैलाई धेरै खान मन लाग्छ ।

–सर्वप्रथम त बिरामीले आफ्नो व्यवहारमा पनि ध्यान दिनुपर्छ । परिवारका सदस्यहरूले ख्याल गर्नुपर्छ । उपचारका लागि चिकित्सककहाँ जानुपर्छ । अन्यत्र जाने होइन, मनोचिकित्सक या साइकायाट्रिस्टकहाँ जानुपर्छ ।

–कतिपय अवस्थामा परामर्श मात्रै गरेर पनि उपचार गर्न सकिन्छ । तर डिप्रेसन कडा हुँदै गएको छ भने औषधि खानु पर्छ ।

–जति चाँडो रोग थाहा पायो त्यति चाँडो नियन्त्रणमा ल्याउन सकिन्छ । ढिला भयो, औषधि सेवन नियमित भएन भने डिप्रेसनसँगै अरू समस्या निम्तिन सक्छ ।

–यसको कुनै उमेर समूह भन्ने छैन । तर २० देखि ३५ वर्षसम्म बढी देखिन्छ ।

–डिप्रेसन महिलाहरूमा पुरुषको तुलनामा बढी देखिन्छ । दुई गुणा बढी । विश्वभरि गरिएको तथ्यांकमा महिलालाई धेरै भार उठाउन पर्छ जसले गर्दा उनीहरू धेरै डिप्रेसनमा परेका हुन्छन् । कार्यालयको काम अनि घरमा पनि कामले गर्दा समेत उनीहरूलाई डिप्रेसन हुन्छ । अर्को, महिलाहरू बढी भावुक हुन्छन् भन्ने छ ।

–कोरोना महामारीका कारण पनि अहिले यसका रोगी बढेका छन् । मान्छेहरू अलि बढी आएकै छन् । तर उनीहरूमा बढी सचेतना भएर पनि हुनसक्छ ।

–मनोरोग भएमा कुनै अप्ठ्यारोनमानी मनोचिकित्सक र साइकायाट्रिस्टलाई भेट्नुपर्छ । किनकि हामी खुसी भयौं भने मात्रै पूर्ण रूपमा स्वस्थ हुन सक्छौं ।

(मानसिक रोग विशेषज्ञ डाक्टर ऋचा आमात्य काठमाडौँको मेडिसिटी अस्पतालमा कार्यरत छिन् । )

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज