टोपी दिवसमा किच्चकबध पुग्यो मिलेनियम टुरिजम

  प्रकाशित मिति
१८ पुष २०७७, शनिबार १२:०५


भद्रपुर, १८ पुस । मिलेनियम टुरिजम एलायन्सले झापाको पर्यटकीय क्षेत्र किच्चकबधमा टोपी दिवस मनाएको छ ।

राष्ट्रिय संस्कृति र पर्यटनलाई सँगसँगै लगेर पर्यटन प्रबर्धन गर्न सकिन्छ भन्ने उद्देश्य राखेर महाभारतकालीन पौराणिक स्थल किच्चकबधमा अन्तरक्रिया कार्यक्रम गरिएको एलायन्सका अध्यक्ष गोपाल खनालले बताए ।

कार्यक्रम सन् २०२१ को पहिलो दिन शुक्रवार आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ रहेका थिए ।

नगरप्रमुख श्रेष्ठले किच्चकबधको धार्मिक, पौराणिक तथा पर्यटकीय पहिचान बढाउन मिलेनियम टुरिजम एलायन्सले टोपी दिवसको अवसरमा कार्यक्रम गर्ने स्थल चयन गरेको आभार व्यक्त गरेका थिए ।

सो अवसरमा वक्ताहरुले किच्चकबध लगायत झापाका पर्यटकीय स्थलको प्रबर्धनका लागि सरोकारवालाहरु अब पुनःजागृत हुनु पर्ने धारणा व्यक्त गरेका थिए ।

किच्चकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति, ट्राभल सएसोसिएसन झापा र मंगल सेवा समिति भद्रपुर कार्यक्रमको सहआयोजक रहेका थिए ।

जनवरीको पहिलो दिनलाई विश्वभर नयाँ वर्ष मानिएको र नेपालीहरुले यो दिनलाई टोपी दिवसको रुपमा मान्दै आएका छन् । कार्यक्रममा टोपीको महत्वबारेमा समेत चर्चा गरिएको थियो ।

किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबे, चन्द्रगढी विमानस्थलका प्रमुख मुरारी पौडेल, इतिहासविद् चिन्तामणि दाहाल, ट्राभल एसोसिएसन झापाका पूर्व अध्यक्ष शंकर भट्टराई, पर्यटन बोर्डकी अधिकृत सुस्मिता दाहाल, मंगल सेवा समितिकी राधिका गुरुङ, लुम्बिनी विकास कोषका केदार नेपाल, कलाकर्मी केसाङ लामालगायतले सो अवसरमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रदेश नं. १ को पर्यटकीय विकासका लागि पैरवी गर्नका लागि कोरोना कहरकै बेला झापामा मिलेनियम टुरिजम एलायन्सको स्थापना भएको हो । यसमा पर्यटन क्षेत्रमा गाँसिएका विभिन्न सरोकारवाला संस्थाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज