सुटुक्क झापा आएका आइजीपी खनालद्वारा नम्बर २ गण हेडक्वाटरको उद्घाटन

  प्रकाशित मिति
२० पुष २०७७, सोमबार १७:०३


 

झापा, २० पुस । सशस्त्र प्रहरी महानिरीक्षक (आइपीजी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणको हेडक्वाटर विविधत रुपमा उद्घाटन गरेका छन् ।

सुटुक्क आइतबार झापा आएका उनले सीमा सुरक्षा कार्यालयबाट गणमा परिणत भएको दुई बर्षपछि गणको हेडक्वाटर उद्घाटन गरेका हुन् ।

उनले गणको उद्घाटन सभालाई सम्बोधन गर्दैे सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, अनुशासित र बफादार भई नागरिकको सेवा, सुरक्षामा उच्च मनोबलका साथ सहयोग गर्न निर्देशन दिएका थिए । उनले सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको जिम्मेवारी ठूलो रहेकाले देश र जनताप्रति दृढ संकल्प भई सच्चा राष्ट्रसेवकको कर्तव्य निर्वाह गर्न आग्रह गरे ।

वि.सं. २०७५ मा मन्त्रिपरिषदद्वारा स्वीकृत सीमा सुरक्षा कार्यालयका रुपमा रहेको यस कार्यालयको स्तारोउन्नति गरी गणमा परिणतसहित जनशक्ति थप गरेको थियो । गणमा जवान ब्यारेक, महिला सप्रक ब्यारेक, सभा हल, जुनियर अधिकृत मनोरञ्जन कक्षलगायत अन्य भौतिक पूर्वाधार समेतको निर्माण  भएको सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वाटरका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।

उनका अनुसार आइजीपी खनालले काँकरभिट्टा, पुथ्वीनगर, कचनकवललगायतका विओपीहरुको स्थलगत निरीक्षणसहित स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम र जिल्लाका सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको समग्र बस्तुस्थितिको बारेमा जानकारी लिएका थिए ।

कार्यक्रममा नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक बंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।

हाल सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेक्वा झापा मातहत ६ वटा सुरक्षा बेसहरु र ११ वटा बोर्डर आउट पोष्टहरु रहि सीमा सुरक्षा एवम् जिल्लाको समस्त सुरक्षाका लागि काम गर्दै आइरहेको शसस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताए ।

तराईका जिल्लामा २३७ जनाको संख्यामा रहने गरी स्थापना भएका सीमा सुरक्षा कार्यालयहरु आईजीपी खनाल नियुक्त भएपछि सांगठनिक पुनसंरचनाका लागि तयार गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ नेपाल सरकार मन्त्रिपरिषद्धारा स्वीकृत भए पछि ६२१ जनाको संख्यामा रहने गरी गणको स्तारोउन्नति भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज