भारतमा कोरोनाविरुद्ध भ्याक्सिन कार्यक्रम सुरु

  प्रकाशित मिति
३ माघ २०७७, शनिबार १५:२६


झापा, ३ माघ । भारतमा आजबाट कोरोना भ्याक्सिन लगाउन सुरु हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको सुरुवात गरे ।

उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल सिस्टम विश्वमा नै विश्वस्नीय रहेको बताए ।

भारतको भ्याक्सिन कार्यक्रम विश्वमै सबैभन्दा ठूलो ‘टीकाकरण’ कार्यक्रम हुने दाबी गरिएको छ ।

पहिलो चरणमा ३ लाख भन्दा बढी स्वास्थ्यकर्मीसँगै प्रभावित समूहलाई भ्याक्सिन प्रदान गरिनेछ । त्यसका लागि हाल २ हजार ९०० भन्दा बढी भ्याक्सि केन्द्र निर्माण गरिएको छ ।

भारतमै उत्पादन भएको कोभिसिल्ड र कोभ्याक्सिन ‘टीकाकारण अभियान’ मा प्रयोग हुनेछ । यी भ्याक्सिनले जनवरी ३ मा आपतकालिन प्रयोगको स्वीकृति पाएको थियो ।

भारतमा कोरोनाको पहिलो केस गत वर्षको जनवरी ३० मा देखिएको थियो । हालसम्म भारतमा १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भइसकको छ ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज