महालक्ष्मी आमा समूहको अध्यक्षमा मञ्जु भण्डारी
प्रकाशित मिति
३ माघ २०७७, शनिबार १९:१०
मेचीनगर, ३ पुस । महालक्ष्मी आमा समूहको अध्यक्षमा मञ्जु भण्डारी खनाल निर्विरोध चयन भएकी छन् ।
संस्थाको आइतबार सम्पन्न १७ औं साधारणसभाबाट उपाध्यक्षमा दीपा भण्डारी, सचिवमा प्रमिला पौडेल, कोषाध्यक्षमा सुमिता कोइराला दाहाल, सदस्यहरुमा देवीका प्याकुरेल, सविना कटुवाल, रेणुका पोखरेल, देवीका कट्टेल, गीता खनाल र रुक्मणि पोखरेल चयन भएका छन् ।
संस्थाकी अध्यक्ष पदमा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर १० वडाध्यक्ष सुदय पनेरु रहेका थिए । कार्यक्रममा उद्योगी टीका कानु, महालक्ष्मी कृष्ण सहकारी संस्थाकी उपाध्यक्ष देवीका भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी उपाध्यक्ष टीका सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन मञ्जु खनालले गरेकी थिइन् ।